अमेरिकामा नेपाली पर्व दशैलाई पर्वको रुपमा मान्यता दिन संसदमा बिल पेश
अमेरिका–अमेरिकाको मेरिल्याण्ड राज्यका राज्य सासद नेपाली मुलका ह्यारी भण्डारीले नेपालीहरुको महान चार्ड विजय दशमीलाई पर्वको रुपमा मान्यता दिने बिल संसदमा पेश गरेका छन् ।
उनले मेरिल्याण्डको राज्यमा नेपाली पर्व दशैलाई चार्डको रुपमा औपचारिक मान्यता दिन बिल पेश गरेका हुन । बिल संसदमा पारित हुनेमा सासद भण्डारी आशावादी देखिएका छन् । यस अघि पनि सासद भण्डारीले संसदमा ल्याएका झण्डै आधा दर्जन बिल पारित भएका छन् ।
अमेरिका आएको छोटो अवधिमा नेपाली समुदायबाट अमेरिकाको मुलधारको राजनितिमा छलाङ मादै राज्य सासद बनेर इतिहास रच्ने भण्डारी पहिलो नेपाली हुन ।
नेपालको दुरदराज गाउँपर्वतमा जन्मेर ससारको शक्तिशाली राष्ट्रभित्रको सबैभन्दा धनी मेरिल्यान्ड राज्यको सासदको रुपमा सेवा गरिरहेका छन् । नेपालको डिग्री अमेरिकामा काम छैन भन्ने मान्यता उनमा लागु भएन । अमेरिका आएको वर्ष नै अग्रेजी विषयमा नेपालमा एमएम गरेका भण्डारीले मेरिल्याण्डको स्थानिय कलेज तथा स्कुलहरुमा अध्यापन गर्ने मौका पाए । अध्यापन संगै राजनितिमा होमिए र राज्य सासद बने ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...