टेक्सस– नेपाली समाज टेक्ससले टेक्सस नेप्लिज मेडिकल एशोसिएसनको सहकार्यमा निशुल्क कोभिड–१८को परीक्षण गर्ने भएको छ ।
टेक्ससमा रहेका नेपाली समुदायलाई लक्षित गरी आउदो जनवरी ३१ गते आईतबार अर्भिङ स्थित नेपलाी मन्दिरमा यो सेवा प्रदान गर्न लागेको हो ।
प्छिल्लो समय कोरोना महामारी बढदै गएको र सबैमा सजकता अपनाउन जोड दिदै पहिलो पटक निशुल्क रुपमा यो सेवा दिइएन लागिएको नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्माले जानकारी दिए ।
परीक्षण पुर्व जनवरी २९ सम्म अनलाइन मार्फत नाम दर्ता गराउनु पर्ने अध्यक्ष शर्माले बताए ।
नाम दर्ताका लागी डब्लुडबलुडट टिएनएम डट ओआरजीमा गएर गर्न सकिनेछ । बिहान दस बजे देखि दिउसो १ बजे झण्डै तीन घण्टा परीक्षण गरिनेछ । परीक्षणमा आउनेहरुले अनिवार्य मास्क र आफनो परिचय झल्कने परिचय पत्र अनिवार्य साथमा ल्याउनुपर्ने जनाइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected