अमेरिका-टेक्सासको लवकमा  रहेका नेपालीहरूको प्रतिनिधिमूलक संस्था लवक नेपाली समाजले महावीर पुनद्वारा स्थापित राष्ट्रीय आविष्कार केन्द्रको लागी १००० डलर सहयोग गरेको छ । त्यसैगरि संचारकर्मी सच्ची मैनालीले सन्चालन गरेको #कसैलेपनि_भोकोबस्न_र_भोकै_मर्ननपरोस्_अभियानका लागी $५०० डलर सहयोग गरेको छ । संस्थाले ७ औं बार्षिक उत्सवको अवसरमा उत्त सहयोग गरेको जनाएको छ ।

जसकालागी संस्थाले समुदायका विभिन्न व्यक्तिहरूबाट आर्थिक सहयोग जुटाएको हो । यसै अवसरमा गत शनिबार रत्तदानको आयोजना समेत गरेको थियो । रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेको आयोजक सस्थाका अध्यक्ष डा प्रकाश श्रेष्ठले वताए ।

यसअघि पनि सामाजिक कार्यहरू गर्दै आएको लवक नेपाली समाजले नेपालको सुर्खेतमा विद्यालय निर्माणदेखी लमजुडमा खानेपानी सेवाका लागी भौतिक पूर्वाधारमा सहयोग गरिसकेको छ । त्यसैगरि एनआरएन अमेरिकामार्फत नेपालमा वाढीपहिरोपीडितका लागी समेत सहयोग गरिसकेको उक्त संस्थाले पछिल्लो पटक कोरोनाको मारमा परेका विद्यार्थी र स्थानियलाई खाद्यान्न सहयोग गरेको थियो ।

प्रवासमा रहेर पनि यहॉका नेपालीहरूले जन्मभूमिप्रतिको माया र सदभाव कायम गरिरहेको छन् । यहॉ २ देखी ३ सयको हाराहारीमा नेपालीहरू रहेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected