अमेरिका– तपाई अमेरिकाको यात्रा गदै हुनुहुन्छ भने अब यी कुरामा ध्यान दिनुहोस है । मंगलबार देखि अन्तराष्ट्रीय हवाई यात्रा मार्फत अमेरिका आउनका लागी नया नियम लागु गरिएको छ ।
यदि तपाई अमेरिकाको यात्रा गदै हुनुहुन्छ भने यात्राको तीन दिन अगाडीको कोरोना परीक्षणको रिपोर्ट आवश्यक पर्छ ।
यो आदेश सिडीसी जनवरी २६ देखि लागु हुने गरी सिडीसीले गत १२ गते नियम बनाएको हो ।
यदि कोरोना रिपोर्ट नेगेटिभ भएको खण्डमा मात्र यात्रा गर्न पाइनेछ । यो आदेश विदेशी नागरिक तथा अमेरिकी नागरिक दुबैमा लागु हुन्छ । सिडीसिले जनवरी २६ देखि लागु हुने यो नियम दुई वर्ष देखि माथिका उमेरका लागी यो नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने छ । यात्रुले आफुले यात्रा गर्नु अगाडी यो रिपोर्ट देखाउनु पर्ने छ । यदि कोही कोरोना सक्रमीत भइसकेका यात्रु छन् भने उनिहरु आफु निको भएको प्रमाणपत्र समेत पेश गर्नुपर्ने हुन्छ ।
अमेरिकको विदेश विभागले यात्रामा पुर्नविचार गर्न तथा यात्रा स्थगीत गर्न सिफारिस गरेको छ ।
जो बाइडेन
राष्ट्रपति भएर आएपछि कोरोना संक्रमणको यो आपतकालमा नियमलाई कडा बनाएका छन् । बाइडेनले ब्रिटेन, ब्राजिल अयारलण्ड तथा युरोप का धेरै देशबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाइसकोम छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...