टेक्ससमा एक डाक्टरले महिला डाकटरलाई गोली हानेपछि आफैले पनि गरे आत्महत्या

टेक्सस-अमेरिकाको टेक्ससको अस्टिनमा एक भारतीय मुलक बाल रोग विशेषज्ञले एक महिला डाक्टरलाई गोली हानेर ज्यान लिएपछि आफैलाई गोली हानेर ज्यान लिएका छन् ।
टेक्सस प्रहरीले यस घटनाको बारेमा अमेरिकी संचारमाध्यमहरुलाई जानकारी दिएको हो । उक्त डाक्टर भरत नारुमांन्ची रहेको बताइएको छ । प्रहरीका अनुसार हालै मात्र यी डाक्टरमा क्यानसर भएको पत्ता लागेको थियो ।
डाक्टर नारुमान्चीले दुई साता पहिला नै चिल्ड्रेन मेडिकल गु्रपमा भोलेन्टीयर पोजिसनका लागी आवेदन दिएका थिए । तर उनको उक्त आवेदन अस्वीकार भएको थियो । नारुमान्चीका परिवारजनले घटनालाई दुख व्यक्त गरेका छन् । उनले किन यस्तो गरे भन्ने बारेमा केही जानकारी छैन ।
प्रहरीका अनुसार घटनाको दिन नाररुमान्ची चिल्डेन मेडिलकल ग्रुप अफिसमा बन्दुक सहित गएर त्यहाँ रहेका सबैलाई बन्धक बनाएका थिए । प्रहरीले बताए अनुसार सुरुमा सबैलाई बन्धक बनाए पनि पछि एक बाल रोग विशेषज्ञ क्याथ्रिन डोडसनलाई बन्धक बनाएर सबैलाई छाडेका थिए । पछि उनले महिला डाक्टरलाई गोली हानेर आफैले आफुलाई गोली हानेर ज्यान लिएको जनाइएको छ ।
-एजेन्सीकाे सहयाेगमा
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...