टेक्सस–मान्छेको सौख पनि अनौठो हुन्छ । यस्तै टेक्ससका एक युवाले सर्जरी गरेर आफनो उचाई बढाएका छन् ।
ड्यालसका २८ वर्षिय अल्फोन्सो फोलोरेसले सर्जरी गरेर आफनो उचाई ६ फिट १ इन्च बनाएका छन् । डेलि मेलको रिपोर्ट अनुसार यस अघि उनको उचाई ५ फिट ११ इन्च थियो । यो सर्जरी गराउन उनले ७५ हजार डलर भन्दा बढी खर्च गरेको बताइएको छ । उनको सानै देखिको सौख शरीरको उचाई बढाउने थियो । तर घरपरिवारले यसमा स्वीकृत दिएका थिएनन । अन्तत उनले आफनो चाहना कस्मेटिक सर्जरी गरेर पुरा गरेका छन् । झण्डै सर्जरी गरेको २४ घन्टा पछि उनी हिडन सक्षम समेत भएका छन् ।
स्वतन्त्र लेखक तथा विद्यार्थी रहेका उनलाई बास्केटबल खोलडी बन्न ठुलो रहर छ । यो सर्जरी गर्न उनलाई तीन साता भन्दा बढी समय लागेको थियो ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...