क्यालिफोर्नियामा सान फ्रान्सिसको सडकमा पाँच वर्षदेखी बेबारिसे युवाकाे उद्दार

अमेरिका– क्यालिफोर्नियाको सानफ्रान्सिसको डाउनटाउनमा बेबारिसे अवस्थामा देखिएका ३४ वर्षिय युवा राम थापाको शुक्रबार उद्धार गरिएको छ ।
कान्छा तार्जनले चार दिन अघि भिडियो खिचेर टिकटकमा हालेपछि उनको भिडियो भाइरल भएपछि सबको ध्यान खिचेको हो । चार दिनपछि फेरि खोज्ने क्रममा उनी भेटिएका छन् । कान्छा तार्जन, राज थापाको सक्रियता पछि उनी फेला परेको हुन । क्यालिफोर्नियाका समाजसेवी भक्त थापाले भाइको उद्धार गरिएको बताएका छन् ।
चार दिन अघि तार्जन रातीको १२ बजे काम सकेर फर्कदै गर्दा उनी भेटिएका थिए । कान्छालाई देख्ने बितिक्कै रामले अंग्रेजीमा सोधे तिमी नेपाली हो ? नेपाली भएको थाहा पाएपछि उनले आफुलाई सारै भोक लागेको बताए । त्यसपछि कान्छाले खाना र कपडा किनेर दिएका थिए । भिडियो भाइरल पछि बल्ल दाजु भक्तले थाहा पाएका थिए । पाच वर्ष देखि सम्पर्कबिहीन भएका भाईको उनले धेरै खोजी गरेक थिए । तर फेला परेका थिएनन ।
सडकमा जीवन बिताउन विवश राम थापा १३ वर्ष अघि अमेरिका आएका थिए । सम्पन्न परिवारका उनी सिगापुरमा होटल म्यानेजमेन्ट पदै थिए । त्यही बेला माफियाको चुंगुलमा परेर उनी हुन्डुरस मेक्सिको हुदै चार महिनाको कष्टकर यात्राबाट १२ देश पार गरेर अमेरिका छिरे ।
उनके बिस्तृत कथा usnepalpost मा प्रतिक्षा गर्नुहाेला
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...