अमेरिका– अमेरिकामा सोमबारको भारी हिपपातले जनजीवन ठप्प भएको छ । हिमपातले अस्तव्यस्त बनाएपछि न्युयोर्कका गर्भनर एन्ड्रयु कुमोले न्युयोर्क सहित ४४ काउन्टीमा संकटकाल घोषणा गरेका छन् । यस अघि न्युयोर्क सिटीमा मात्रै संकटकाल लगाइएको थियो ।
भारी हिमपातका कारण न्युर्योकमा रेल बस तथा हवाई उडान समेत प्रभावित भएको छ । गर्भनर कुमोले सबैलाई घरमै सुरक्षीत बस्न आग्रह गरेका छन् ।
विेशष गरी पुर्वी पेन्सिलभेनिया, उत्तरी न्युजर्सि, दक्षिण न्युयोर्कका केही भुभाग हिमपातले बढी प्रभावित बनेको मौसम विभागले जनाएको छ । हिमपातले विद्यालय बन्द भएका छन् । कोरोना भ्याक्सिन वितरणको काम समेत रोकिएको छ ।
झण्डै ५० माइल प्रति घण्टाको रफतारमा हावा समेत चलेको बताइन्छ । मौसम विज्ञका अनुसार मंगबार झनै हिपपात बढने सक्ने अनुमान गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected