राष्ट्रपति जो बाइडेनको आगमी अप्रिल महिनादेखि पुर्ण रुपमा विद्यालय खोल्ने योजना
अमेरिका– अमेरिकी राष्ट्रपति जो बाइडेनले अब सुरक्षीत तवरले विद्यालयहरु पुर्ण रुपमा खोल्ने योजना बनाएका छन् ।
कोरोना महामारी सुरु भए उता अमेरिकामा लामो समय देखि यहा“का विद्यालयहरु पुर्ण रुपमा नखुलेका छन् । अधिकांश विद्यार्थीहरु घरबाट भच्युअल अध्ययन गरिरहेका छन् । बालबालिकालाई नियमित विद्यालय जाने वातावरण बनाउन आउदो अप्रिल महिना देखि जो बाइडेनले विद्यालय नियमित खोल्ने योजना बनाएका छन् ।
राष्ट्रपति जो बाइडेनका वरिष्ठ सल्लाहकार सेर्डर रिर्चमन्डे मुलुकमा कोरोनाको बाबजुत पनि जो बाइडेनको अप्रिल देखि विद्यालय खोल्ने योजना रहेको अमेरिकामा आयोजीत एक कार्यक्रममा सोधिएको प्रश्नमा उनले जवाफ दिदै भनेका थिए ।
उनले स्थानिय तहलाई सुरक्षीत तवरले विद्यालय खोल्नका लागी क्षमता प्रदान गरिने समेत बताएका छन् । विद्यालय खोल्ने योजना अनुरुप नै अहिले अमेरिकामा कोरोना भ्याक्सिन लगाउने कामलाई तिव्र रुपमा अघि बढाइएको छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...