अमेरिका– अमेरिकामा कोरोना संक्रमणबाट नेपालको पहिलो महिला बक्सिङ खेलाडी सोनी डंगोलको  निधन भएको छ ।
लामो समयदेखि अमेरिकाको न्युयोर्क बस्दै आएकी डंगोलको जमैका स्थित अस्पतालमा निधन भएको हो । ४५ वर्षिया डंगोल अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी पहिलो नेपाली खेलाडीको रुपमा चिनिन्थन ।
गैरआवासिय नेपाली संघ न्युयोर्क च्याप्टरका अध्यक्ष राम हरि अधिकारीका अनुसार उनको साता दिनदेखि अस्पतालमा उपचार भइरहेको अवस्थामा निधन भएको हो । अधिकारीले शोक सन्तप्त परिवार प्रति समवेदना व्यक्त गरेका छन् ।
उनी परिवार सहित न्युयोर्कको जमैकामा केही वर्ष देखि बस्दै आएकी थिइन । पारिवारिक स्रोतका अनुसार मृतक डंगोलको आउदो फेब्रअरी ८ गते अन्तिम दाहसंस्कार गरिने जनाइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected