टेक्सस–अमेरिकाको टेक्सस स्थित युलेसमा लामो समय देखि बस्दै आएका टिका पौडेलले युलेस सिटी काउन्सिलमा उम्मेदवारी दिदै छन् ।
समाजसेवीको छवि बनाएका पौडेलले शुक्रबार अपरान्ह युलेस सिटी हलमा उम्मेदवारी दर्ता गराउदैछन् । टेक्ससमा नेपाली समुदायबाट स्थानिय तहमा उम्मेदवारी दिने उनि पहिलो नेपाली बनेका छन् ।
अमेरिकामा बसेपछि अमेरिकाकै राजनिति गर्नु पर्छ भन्ने मान्यता राख्ने पोडेलले त्यही रुपमा उम्मेदवारी दिन लागेका हुन । ‘म यो ठाउ“मा पुगु या नपुगु तर पनि भावी पुस्तालाई एउटा बाटो देखाउने काम भने हुनेछ’ पौडेलले भने–‘अमेरिकाको स्थानिय तहमा हाम्रो पहु“च नहुँदा हामीले लिनु पर्ने फाइदा पनि लिन पाएका छैनौ ।’
‘उनले सिटीमा के भइरहेको छ र हामीले पाउने फाइदाहरु के – के  हुन त्यसबारेमा हामी अनभिज्ञ नै छा, उनले भने ।
उनले आफु अमेरिका आएको १६ वर्षको अवधिमा उक्त क्षेत्रमा उम्मेदवारी दिन धेरै ढिलाइ गरेको समेत बताए ।
टेक्सस ड्यालस फोटवर्थ क्षेत्रमा नेपाली समुदायमा टिका दाईको नामले लोकप्रिय पोडैलले नेपाली समाज टेक्ससमा आवद्ध रहेर पनि समुदायको हितमा लामो समयमा काम गरेका थिए । सहयोगी भावनाका पौडेलललाई युलेस सिटी काउन्सिलमा पुराउन सबैले सहयोग गर्नु पर्ने बेला आएको नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्माले बताए । उनले भने– ‘उहाँको उम्मेदवारी हामी नेपालीका लागी एउटा ऐतिहासिक क्षण हो ।’

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected