जाने पनि नजाने झैं गर
पसिना पोख,श्रम गर
भकारी अरूकै भरिदेऊ
बाठो अरूलाई नै हुन देउ
जान्ने ,सुन्ने अरूलाई नै हुन देउ
नि:सहाय ,निर्बल बनिदेऊ
भरसक बोल्दै नबोल
सकेसम्म ओठहरू खोल्दै नखोल
परीक्षामा पनि फेल भइदेऊ
पहिलो हुन ,जित्न अरूलाई नै देऊ
चमत्कारिक मायाँ मिल्छ
सीधा र सज्जनको उपाधि ओइरिन्छ
ओइरो लागिरहन्छ तिमीलाई ।।

जहाँ शासक र शासित हुन्छ्न
जहाँ दाता र आश्रित हुन्छ्न
जहाँ निर्बल र दुर्बल हुन्छन
जहाँ राजा र प्रजा हुन्छ्न
जहाँ आकाश र पाताल हुन्छन्
एकले अर्कोको मर्यादा ननाघेसम्म
कसैले कसैको सिमाना नमिचेसम्म्म
प्रजाले राजा हुन नखोजेसम्म
समानता र स्वतन्त्रता नरोजेसम्म
लॅडाई हुन्छ र त्यहाँ ?
युद्ध हुन्छ र कहिल्यै?

लाटोले बोल्न खोज्दा नै
निर्धोले उठ्न खोज्दा नै
पृथ्वी कम्प हुने हो
मक्किएका संरचना ध्वस्त हुने हो
किन ध्वस्त गर्नु पर्यो अरूलाई
किन समानता ,स्वतन्त्रता चाहियो
किन चेतनाको दियो हाल्नु पर्यो
चूपचाप बसे हुॅदैन र ?
जे छ त्यसैमा रमाए हुॅदैन र ?
बेकारमा अशान्ति किन मच्चाउनु
अरूको खाइ, पाइ ,मान
मर्यादामा किन खलल पुर्याउनु ?
तिमीले लाटो ,सोझै ,निमुखा
नै बाॅचे हुॅदैन र?
निर्धो हुनुको ,मजा र पगरी
सॅधै भरी साॅचे हुॅदैन र ?

-न्युयोर्क अमेरिका

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected