एनआरएनए अमेरिकाको भावी अध्यक्षको दौडमा कृष्ण लामिछाने

शिव शर्मा
टेक्सस– अमेरिकाको टेक्ससमा बसेर लामो समय देखि सामाजिक गतिविधीमा संलग्न कृष्ण लामिछानेले एनआरएनए अमेरिकाको भावी अध्यक्षका लागी उम्मेदवारी घोषणा गरेका छन् ।
दुई दशक देखि अमेरिकाको टेक्ससको ड्यालसमा बसेर नेपाली समाजको हक र हितका लागी निरन्तर लागीरहेका लामिछानेले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन ।
लामिछानेले अमेरिकामा नेपाली समुदायमा पर्ने समस्यामा सधै अगाडी बढेर सहयोगका लागी अग्रसर हुने व्यक्तित्वको रुपमा चिनिन्छन् ।
टेक्ससमा बसेर व्यवसाय संगै सामाजिक गतिविधीमा सक्रिय शालिन र शान्त व्यक्त्विको रुपमा चिनिएका लामिछानेको उम्मेदवारीले सबैले चासोको रुपमा हेरेका छन् । ‘मैले लामो समय देखि अमेरिकामा बसेर सामाजिक स्वयसेवीको रुपमा कार्य गरेको कुरा आम नेपालीमा सर्वविदितै छ’ युएसनेपाल पोष्टसंगको कुराकानीमा लामिछानेले भने– ‘यसैले पनि म आगामी निर्वाचनका लागी एएटा बलियो उम्मेदवारको रुपमा खडा भएको छु ।’
उनले एनआरएनए अमेरिकालाई साचो रुपमा विशुद्ध सामाजिक संस्था बनाउन मेरो उम्मेदवारी हुने मेरो एउटा प्रमुख कारण हुने बताए ।
लामिछाने यस अघि एनआरएनए अमेरिका तथा आइसिसीका विभिन्न पदमा रहेर काम गरिसकेका छन् । उनी २००७ मा आइसिसीको दोहोरो नागरिकता समितिको सदस्य थिए । त्यस्तै आइसिसीको नेपाली भाषा सािहत्य समितिको संयोजक, आइसिसीको मानार्थ सदस्य तथा एनआएरए अमेरिकाको बोर्ड अफ डाइरेक्टर भएर काम गरिसकेका छन् । २००५ देखि नेपाल डेमोक्रेटिक फोरम, ड्यालसको अध्यक्ष हुदै सामाजिक संघ संस्थामा लामिछानको अग्रसरता बढेको हो ।
जनसम्पर्क समिति अमेरिका स्थापनामा पनि उनको भुमिका अगाडी छ । उनी सहित केही समुह मिलेर जनसम्पर्क समिति अमेरिका स्थापना गरे । जसको उनी संस्थापक महासचिव पनि हुन । जनसम्पर्क समितिको कागजात सबै अहिले पनि उनीसंगै छ ।
त्यस्तै २००९ मा उनी ड्यालस एभरेष्ट लायन्स क्लबको सभापति भए । सिएनएन हिरो पुष्पा बस्नेतको क्याम्पियन पनि उनको नेतृत्वमा त्यतिबेला चल्यो । त्यो बेला उनले प्रेसिडेन्टल अर्वाड पनि पाए । उनकै कार्याकालमा किताब पनि निस्कियो । त्यतिबेला लायन्स क्बलको अधिक ५२ जना सदस्य थिए । उनको कार्याकालमा नेपालमा ५० हजार डलर सहयोग पनि भयो ।
नेपालीहरुको छाता संगठन नेपाली समाज टेक्ससको यहा“ आएदेखि नै उनी सक्रिय रहे । नेपाली पाठशाला र समर क्याम्प चलाए । नेपाली समाजको २०१३ देखि २०१५ सम्म सदस्य भए । २०१५ देखि २०१७ सम्म अध्यक्ष भएर काम गरे । उनको कार्यालयमा नेपाली समाज टेक्ससको तर्फबाट उल्लेख्य काम भए । नेपालमा १२ वटा स्कुलहरु निर्माण भए ३२ लाख खर्चेर विद्यालय निर्माणमा । व्यक्तिगत रुपमा उनको पहलमा नेपालमा गरीब जेहन्दारलाई छात्रवृत्ति देखि अन्य धेरै सहयोगहरु भएका छन् । अमेरिकामा कोही आपत पर्दा उपचार नपाउदा सहयोग जुटाउन सधै उनी अग्रसर हुन्छन् । अरुलाई पर्दा ज्यान दिएर उनी लाग्ने गर्छन ।