डाक्टर केशव पाैडेलले महासचिवमा उम्मेदवारी दिने

अमेरिका -एनआरएन अमेरिकाका पूर्वअध्यक्ष डा केशव पौडेलले एनआरएनएको आगामी निर्वाचनमा केन्द्रिय महासचिवको लागि आफ्नो उमेद्वारी दिने खुलासा गरेका छन् । पेशाले चिकित्सक डा पौडेलले ग्लोवलटक नामक कार्यक्रममा उक्त खुलासा गरेका हुन् । गत शनिबार डा पौडेलसँग पत्रकार भोला आचार्यले रियलखबरको लागी गरेको ग्लोवलटक नामक लाईभ अन्तर्वातामा आफ्नो उमेद्वारीको विषयमा जानकारी गराएका थिए ।
कोरोनाको पछिल्लो अवस्था र एनआरएनए विषयमा लिईएको अन्तवार्तामा कार्यक्रमको पछिल्लो भागमा डा पौडेलले आगामी अक्टोवरमा हुने निर्वाचनमा केन्द्रिय चुनाममा महासचिवको उमेद्वारी दिने वताएका थिए । डा पौडेल एनआरएनएको पछिल्लो निर्वाचनमा केन्द्रिय उपाध्यक्ष पदमा पराजित भएका थिए । शुरुमा महासचिव पदमा तयारी गरेर अन्तिम अवस्थामा उपाध्यक्षको उमेद्वार वनेका उनले निर्वाचनमा हार व्यहोर्नुपरेको थियो । गत निर्वाचनमा महासचिवको तयारी गरेपनि टीम मिलाउने क्रममा उपाध्यक्ष पदमा उमेदवारी दिनुपरेको र त्यसमा राम्रो तयारी नभएकोले हार वेहोर्नुपरेको उनको वुझाईछ । महासचिव पदमा आफु सक्षम र उपयुक्त उमेदवार भएको उनको दावी छ । एनआरएन अमेरिकाको वर्तमान संरक्षक समेत रहेका उनले एनआरएन अमेरिकाको दुई कार्यकाल नेतृत्व गरिसकेका छन् ।
डा पौडेलसँगको ग्लोवलटक कार्यक्रमको रेकर्ड:
https://fb.watch/3pFuLHPLT3/