अमेरिका– विदेशी दक्ष कामदारका लागी जारी गरिने एचवान–बि भिषाको लागी रजिष्टे«शन प्रकृया आउ“दो मार्च महिनाबाट सुरु हुदैछ ।
लोटरी प्रणालीमा आधारित रहेर चयन हुने र ३१ मर्चमा नामहरु घोषित गरिने भएको हो ।
यो रजिष्ट्रेसन प्रकृया वर्ष २०२२ का लागी हुने जनाइएको छ ।
युएस सिटीजनसिप एण्ड इमिग्रेसन सर्भिस (युएसीआइएस) ले यसबारेमा आधिकारिक रुपमा सुचना जारी गरि जानकारी दिएको हो ।
आगमी वर्षका लागी एचवान–वी भिषा दिनका लागी परम्परागत लोटरी प्रणालीको प्रयोग गरिने जनाइएको छ ।
एचवान–वी भिषाको रजिष्ट्रेसन ९ मार्चको अपरान्ह देखि सुरु भई मार्च २५ को अपरान्ह सम्म रहनेछ । यो भिषाको माध्यमबाट विदेशी नागरिक अमेरिका आएर यहा“को कम्पनीमा काम गर्न सक्छन् । यो भिषा दक्ष कामदारका लागी दिइने गर्छ र अमेरिकामा उच्च दक्षताको काम गर्न पाउछन् ।
भिषा प्राप्त गर्नेहरुले अक्टोबर एक देखि काम गर्न सक्छनेछन् । युएससीआइएसले प्रतिवर्ष ६५ हजार एचवान–वी भिषा जारी गर्ने गरेको छ । यसको अतिरक्त २० हजार एचवान–वी भिषा विदेशी विद्यार्थीका लागी जारी गर्ने गरेको छ । यो भिषा त्यस्ता विदेशी विद्यार्थीलाई मिल्ने गर्छ, जसले अमेरिकी विश्वविद्यालयमा विज्ञान, प्रविधिी, गणित तथा इन्जिनियरिङको पढाई तथा शोध कार्य गर्न चाहन्छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected