अमेरिका– अमेरिकाले बर्माको वर्तमान अवस्थालाई ध्यानमा राखेर प्रतिबन्धको घोषणा गरेको छ ।
राष्ट्रपति जो बाइडेनले अमेरिकी नितिमा खतरा उत्पन्न हुने भन्दै प्रतिबन्धको घोषणा गरेका हुन ।
अमेरिकाले बर्माका सैनिक तथा तिनका परिवारलाई अमेरिकी आगमनमा समेत रोक लगाएको छ । म्यानमार सरकारका लागी अमेरिकाबाट प्रदान भएको एक अर्ब डलर सहयोग कोषको अनुचित तरिकाले प्रयोग रोक्नका लागी अमेरिकी सरकारले यो कदम उठाएको हो । अहिले अमेरिकी सरकारले बर्माबाट आप्रवासी तथा गैरआप्रवासी भिसामा अमेरिका आउन पाउने प्रावधानमा समेत रोक लगाइदिएको छ ।
यो संगै अब अमेरिकाबाट बर्मामा पैसा पठाउन तथा अन्य लेनदेनका कार्यलाई पनि रोक लगाएको छ । अमेरिकी सरकारले म्यानमार भएको कु को विरोध गदै त्यसलाई सच्चाउन समेत माग गरेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected