टेक्सस–टेक्ससको फोटवर्थमा बिहीबार बिहान भएको दुर्घटनाले यतिबेला टेक्सस शोक डुबेको छ । यो दुर्घटनाले अत्यन्त भयानक भन्दै स्थानिय सरकारले घटनामा ज्यान गुमाएका परिवार पनि श्रद्धा व्यक्त गरेको छ । त्यस्तै घाइतेहरुको शिघ्र स्वास्थलाभको कामना गरेको छ ।
टेक्ससको फोटवर्थ हाइवेमा भएको उक्त दुर्घटनामा अहिले सम्म ६ जनाको ज्यान गएको र दर्जनौ घाइते भएको पृष्टि भएको छ । गभीर घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भरहेको छ ।
१३३ सवारी साधन आपसमा ठोकिएपछि  भएको यो भयानक दुर्घटना प्रतिकुल मौसम, सडकमा नलदेखिने हिउ जमेको तथा सिमसिमे पानी परेका कारण भएको बताईन्छ । यो दुर्घटना यति कहाली लाग्दो थियो की सवारी साधन एक अर्कोको माथि चढेका थिए । कयौ कार ट्रकको तल दबिएका थिए । दुर्घटना पछि फोटवर्थको उक्त हाइवेको २ किलोमिटर भन्दा बढी क्षेत्र प्रभावित भएको थियो । प्रहरीका अनुसार सुरुवातमा एउटा १८ पांग्रे ट्र्क अर्को कार ठक्कर खाएपछि अन्य सवारी साधनहरु ठोक्किन पुगेका थिए । सवारीमा च्यापिएकाहरुलाई निकाल्न हाइड्रोलिक उपकरणको प्रयोग गर्नु परेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected