अमेरिका– अमेरिकामा एक जना १८ वर्षिया टिकटक स्टारले आत्महत्या गरेकी छिन् ।
अमेरिकाको लुजियाना राज्यकी डाझरिया क्विन्ट नोएजले आत्महत्या गरेकी हुन । उनको परिवारजनले आत्महत्याको पृष्ठि गरेका छन् । टिकटकमा लोकप्रिय नोएजको फलोअर्स १ दशमलव ७ मिलियन रहेको थियो । उनले आत्महत्या गर्नु अघि एउटा अन्तिम भिडियोको क्याप्सनमा यस्तो भनेर पोष्ट गरेकी थिइन– ‘मलाई थाहा छ मैले तपाईहरुलाई धेरै निराशा बनाइरहेकी छु, यो मेरो अन्तिम पोष्ट हो ।’
उनका पिताले आफनी छोरी धेरै खुशी थिइन तर यस्तो निर्णय लिइन हामी अति दुखी छौ भन्दै चिन्ता व्यक्त गरेका छन् ।
डेझरिया युटयुब तथा इन्स्ट्राग्राममा पनि त्यतिकै लोकप्रिय थिइन । ।ण्

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected