अमेरिका– अमेरिकी राष्ट्रपति कार्यालयमा फोन गरेर राष्ट्रपति जो बाइडेनलाई ज्यान मार्ने धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् ।
अमेरिकाको नर्थ क्यारोलिनाका २७ वर्षिय डेभिड के रिभेसलाईलाई संघीय अभियोगमा पक्राउ गरिएको हो ।
उनले जनवरीको अन्तिम साता देखि फे्रबुअरीको पहिलो साता सम्म राष्ट्रपति कार्यालमा लगात्तार फोन गरेर धम्की दिने गरेको बताईन्छ ,।
उनी यस अघि २००९ मा लुटपाटमा सलग्न भएको आरोपमा पक्राउ परेका थिए । उनले पक्राउ पछि आफुले आफनो स्वतन्त्रताको प्रयोग गरेको र कुनै गल्त काम नगरेको बताएका छन् ।
अमेरिकी राष्ट्रपतिलाई धम्की दिनेलाई पा“च वर्षको जेल तथा २ लाख ५० हजार अमेरिकी डलर सम्म जरिवाना हुने कानुनी प्रावधान छ ।
पक्राउ पपरेका डेभिडका वकीले भने उनमा मानसिक समस्या रहेको बताएका छन् ।
सम्बन्धित खवर
-
गत साता आएको विनाशकारी बाढीले ...
-
नेपालको त्रिशूली उपत्यकामा ...





















