टेक्ससमा २५ वर्ष अघिकाे चार किशाेरी सामुहिक हत्याकाण्डकाे घटना अहिले सम्म रहस्मय
रामचन्द्र केसी/टेक्सस
टेक्ससकाे अस्टिनमा याेगर्ड पसलमा बलात्कार पछि हत्या गरिएका चार युवतीकाे २५ वर्ष अघिकाे घटना अहिले सम्म रहस्मय छ । ति हत्या गरिएका किशाेरीहरुमा १३ वर्षकी एमी, १७ वर्षिया जेनिफर र इलिजा तथा १५ वर्षकि सहारा हुन । उनीहरु मध्ये जेनिफ़र र एलिज़ाबेथ उक्त पसलमा साझकाे सिफ्तमा काम गर्थे । जेनिफरकी बहिनी सराह र उनकी साथी एमी पसलमा गएकाे बेला घटनामा परेका थिए ।
यसरी घटेकाे यो हत्याकाण्ड ‘निर्मला पन्त’ घटनासंग मिल्दोजुल्दो रहेछ । शुक्रबारको एक रात रात चारजना किशोरीको उनीहरूले काम गर्ने एक पसलमा बलात्कारपछि हत्या हुन्छ । पसलमा आगो लगाइन्छ । अपराधी फरार हुन्छन ।
आगो निभाउने क्रममा धेरै प्रमाणहरू नस्ट हुन्छन । ७० जना भन्दा बढीको डिएन ए जांच हुञ्छ र नमिले पछि छाडिनछन । अस्टिनका व्यापारीहरूले हत्याराको सुइँको दिनेलाई एक लाख डलर दिने घोषणा गर्दछन ।
चार जना कुख्यात सीरियल किलरहरूलाई जेल पनि हालिन्छ । तर केही वर्षपछि प्रमाण नपुगेको भन्दै उनीहरू छाडिन्छन । एक प्रहरी अधिकारीलाई जबरजस्ती अपराध कबुल गराएको भन्दै जागिरबाट निकालिन्छ ।
पच्चीस वर्षको यो अबधिमा धेरै अनुसन्धान भए । तीनवटा किताब पनि लेखिए, छापिए । अपराधी अझैँ रहस्यमय नै रहेछ । अमेरिका जस्ताे मुलुक जहाँ सिसिटिभी लगायतकाे सुबिधा भएकाे ठाउमा यति ठूलाे घटना अहिले सम्म पनि रहस्यमै रहेकाे छ ।
तस्वीर एजेन्सी
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...