महाअभियोगको सफायपछि डोनाल्ड ट्रम्प २०२४ को राष्ट्रपति उम्मेदवार होलान ?

अमेरिका– अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक पनि महाअभियोग सामनाबाट मुक्ति पाएका छन् ।
सिनेटमा रिपब्लिकन पार्टिले समर्थन जनाएपछि उनी महाअभियोगबाट बचेका हुन । यो फैसलापछि अब डोनाल्ड ट्रम्पको राजनितिक गतिरोधको अन्तय भएको छ । अब डोनाल्ड ट्रम्प सन् २०२४ को राष्ट्रपति चुनावमा उठन सक्नेछन् । उनको अब राजनितिक अवरोधको बाटो समाप्त भएको महाअभियोगको यो फैसलाले स्पष्ट पारेको छ ।
उनले यो फैसला संगै आफु सार्वजनिक जीवनमा पनि सक्रिय हुने संकेत दिएका छन् । अझै पनि उनीसंग एउटा जनाधार रहेको स्पष्ट भएको छ । यसैका कारण पनि उनी फेरि आफनो राजनितिक जीवनमा सक्रिय हुने देखिएको छ । उनले फेरि २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा आफनो उम्मेदवारी पेश गर्न सक्नेछन् । उनले यस अघि पनि यो कुराको सकेत दिइसकेका थिए ।
डोनाल्ड ट्रम्पले महाअभियोगको फैसलाबाट सफाई पाएपछि अमेरिकामा तथा आफनो पार्टि रिपब्किलनमा उनको भुमिका झनै बढेर गएको छ । यो फैसलाले उनको लोकप्रियतालाई झनै बढाइदिएको छ । यसैले पनि रिपब्किलन पार्टिले यसलाई मध्यनजर राखेर भावी २०२४ को राष्ट्रपति उम्मेदवारको रुपमा खडा गर्न सक्नेछन् ।
महाअभियोगबाट छुटकारा पाएपछि ट्रम्पले पनि अमेरिकालाई महान बनाउन आफनो कोसिस जारी रहने बताएका छन् ।
गत जनवरी ६ मा क्यापिटल हिलमा भएको हिंसा भडकाएको आरोपमा ट्रम्पलाई महाअभियोग लगाइएको थियो ।
उनलाई दोषी ठहराउन सिनेटमा ६७ बोटको आवश्यकता थियो । तर उनलाई ५७ जना सिनेटरले मात्र दोषी ठहराएका थिए । बाकी ४३ जना सिनेटरले उनलाई निर्दोष ठहराएका थिए ।