टेक्ससमा चिसोसंगै बढेको हिउले जनजीवन प्रभावित , उत्तरी टेक्ससमा शीत आँधीको चेतावनी
टेक्सस– टेक्ससमा एक दिन देखि बढेको चिसो संगै अधिक हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।
चिसो अधिक बढेपछि उत्तरी टेक्ससमा शीत आ“धीको चेतावनी मौसम विज्ञहरुले दिएका छन् । सुरक्षीत तवरले बस्न अधिकारीले सुल्झाएका छन् ।

अधिक चिसोको कारण बिधुत खपत अधिक भएपछि सोमबार लाखौ मानिसहरु बिजुलीको अभाव झेल्न पुगे । चिसो र हिउका कारण अधिकाश सवारी हाकेर काममा जान सकेनन । चिसोकै कारण कतिपय कम्पनीहरु बन्द गरे । हजारौ उडानहरु स्थगीत भए । टेक्ससमा शनिवार तथा सोमबार झण्डै ३० लाख घर तथा व्यापारिक क्षेत्रमा बिजुली काटिएको बताइन्छ । सोमबार अबेर मात्रै बिजुली आएको बताइन्छ ।

यस्तै डयालस फोटवर्थ क्षेत्रमा ५ इन्च हिउ परेको छ । सोमबार मौसम खुलेर काम लागेपनि न्यानोको अनुभव सर्वसाधारणले गर्न पाएनन ।
हिउ र चिसोका कारण राजमार्गका सवारी फाटफुट दुर्घटनामा परेका खबरहरु आइरहेका छन् । चिसोका कारण अधिकाश घरबाट बाहिर निस्कन सकेका छैनन ।
यसपटक टेक्ससबासीले लामो समय पछि अधिक चिसोको महसुस गर्न पुगेका छन् । सोमबार मौसम खुलेर काम लागेपछि जमेको हिउ जस्ताको त्यस्तैछ ।
टेक्ससमा अमेरिकी सरकारले संकटकालको घोषणा गदै सयोग उपलब्ध गराउन समेत आग्रह गरेको छ ।

एक तथ्याङक अनुसार ५८ वर्ष पछि टेक्ससको राजधानी अस्टिनमा ६ दशमलव ४ इन्च हिउ परेको बताइन्छ ।
तस्वीर एजेन्सी
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















