अमेरिका– अमेरिकी राष्ट्रपति जो बाइडेनले मुलुकमा घातक हतियारको लाइसेन्स दिने प्रकृयामा सशोधन गर्न संसदलाई सल्लाह दिएका छन् ।
उनले घातक हतियारलाई रोक लगाउका लागी समेत भनेका छन् । तीन वर्ष अघि फलोरिडाको पार्कल्यान्डमा भएको नरसंहारको तेस्रो वर्षमा हतियारको लाइन्सेन्स दिने प्रकृयामा कडाइ गर्न तथा बन्द गर्न विषयमा सवाल उठाएका हुन ।
२०१८ मा फलोरिडाको पार्कल्यान्ड हाइस्कुलमा पसेर एक हमलाकारीले गोली चलाएका थिए । उक्त हमलामा १४ बालबालिका सहित १७ जनाको ज्यान गएको थियो । यो घटनापछि नै अमेरिकामा हतियारको लाइसेन्सको विषयलाई लिएर आवाज उठदै आएको छ ।
यो घटनाको तीन वर्ष पुगेको वार्षिकीमा राष्ट्रपति बाइडेन अधिकाश अमेरिकी बाबुआमा तथा छोराछोरी संशोधनको पक्षमा रहेको बताएका छन् । उनले हतियार विक्रीका लागी पृष्ठिभुमीको जा“च तथा उच्च क्षमता भएको हतियारको लाइसेन्स दिने प्रकृृयामा रोक लगाउनु पर्ने बताए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected