सागर अर्याल,
टेक्सस-नेपालीहरुको बसाई बढिरहेको ड्यालासमा रहेका पत्रकार सूर्य थापा रियल स्टेट सेवामा पनि हात हालेका छन् ।
पत्रकारिता मार्फत नेपाली समुदायमा आफ्नो राम्रो बिश्वसनियता बनाएका थापाले रियल स्टेट सेवामा पनि समुदायको साथ पाउने अपेक्षा सहित यस सेवामा लागेको
बताएका छन् । रियल स्टेट क्षेत्र आफ्नो पहिला देखी कै मन पर्ने क्षेत्र भएको बताउदै थापाले आफुले समुदायालाई हित पुग्ने हिसाबले काम गर्ने बताएका छन् ।
वास्तु रियल्टीमा आबद्ध भएका पत्रकार थापाले रियल्टरको रुपमा आफुले काम गर्न लागेको थाहा पाए पछि समुदायबाट राम्रो रेस्पोन्स आएको बतांउदै
आफुले जानेको ज्ञान र सिपका आधारमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।
थापा भन्दछन्, यंहा काम गर्दा सबै जना हाम्रा सेवाग्राही हुनुहुन्छ तर आफ्नै समुदायका लागि काम गर्न पाउंनु झनै सौभाग्य हुने छ ।
थापाले कसैलाई पनि जानकारी या कुनै पनि कुराको जिज्ञासा भए पनि बिना हिच्कीचाहट आफुलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...