टेक्सस– टेक्ससमा चिसो र हिउ“को कहर अझै थामिन सकेको छैन । अझै पनि चिसोको कारण कारण टेक्ससमा लाखौ लाख घरमा विधुत आपुर्ति ठप्प रहन पुगेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । चिसोकै कारण अहिले सम्म २१ जनाले ज्यान गुमाएका छन् ।
अधिक चिसोका कारण अधिकांश क्षेत्रमा बिजुली आपुर्तिमा दुई दिनदेखि अवरोध पुगेको छ । चिसो अधिक बढेपछि बिद्युत सञ्चयमा समस्या भएपछि आपुर्ति रोकिएको हो ।
यस अघि नै राष्ट्रपति जो बाइडेनले टेक्ससको प्रतिकुल मौसमलाई मध्यनजर राखेर आपतकालिन स्थितिको घोषणा गदै संघीय राज्यलाई मदतका लागी आग्रह गरेका थिए । यो आदेशसंगै यतिबेला राहत सहायताको क्रम समेत सुरु भएको छ । हिउ जमेका कारण राजमार्गमा सडक दुर्घटनाहरु भएका छन् ।
बिजुली काटिएपछि टेक्ससमा ४० लाख भन्दा बढी घर तथा व्यवसायीले अप्ठयारोको सामना गरिरहेका छन् ।
टेक्ससमा अधिकारीहरुले संघीय आपतिकालिन प्रबन्धन एजेन्सीबाट ६० जेनेटरका लागी आग्रह गरेका छन् ।
जुन अस्पताल तथा नर्सिङ होमलाई प्राथमिकता दिने योजना बनाएका छन् ।
समाचार एजेन्सीहरुका अनुसार टेक्सस राज्यमा एक हजार भन्दा बढी रहन सक्ने ३५ आश्रम खोलिएको छ । हयुस्टनको एउटा आश्रममा ५ सय भन्दा बढीलाई राखिएको छ ।
तस्वीर एजेन्सी
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...