टेक्सस– अमेरिकाको टेक्ससको हयुस्टनमा सुतेको अवस्थामा एक नेपाली विद्यार्थीको निधन भएको छ ।
अध्ययनका क्रममा हयुस्टन बस्दै आएका प्रमोद भट्टराईको निधन भएको हो । नेपालको झापा स्थायी घर भएका २३ वर्षिय भट्टराई सुतेको अवस्थामा निधन भएको नेपाल समाज टेक्ससका पुर्व सचिव डा परशुराम दाहालले जानकारी दिए ।
अघिल्लो दिन साथीहरुसंग बारबिक्यु पार्टि गरेर सुतेका प्रमोद बिहान उठेन । उनको कोठामै निधन भएको थियो ।
प्रमोद पा“च वर्ष अघि मात्र अध्ययनका लागी भन्दै विद्यार्थी भिसामा अमेरिका आएका थिए ।
अहिले उनको शब नेपाल पठाउने की यतै अन्तेष्टि गर्ने भन्ने बारेमा परिवारसंग छलफल भइरहेको छ ।
उनको शबको अन्तेष्टि तथा नेपाल पु¥याउन केही खर्च लाग्ने भएकाले आर्थिक सहयोगका लागी डा परशुराम दाहालले गोफन्ड मार्फत सहयोगका लागी सबैसंग आग्रह गरेका छन् ।

https://www.gofundme.com/f/help-for-pramod-bhattarai?utm_campaign=p_cp+share-sheet&utm_medium=copy_link_all&utm_source=customer

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected