अमेरिका– अमेरिकी अन्तरिक्ष एजेन्सी नासा को यान बिहीबार २०३ दिनको यात्रा पुरा गरी मगलग्रहमा उर्तिएको छ ।
अत्यन्त जोखिम तथा ऐतिहासिक अभियानको रुपमा लिइएको यसको उद्देश्य के मगलग्रहमा कहिले जीवन थियो भन्ने बारेको खोज हो । यो अभियानको क्रममा ग्रहबाट चट्टानहरुको टुक्रा पनि ल्याउने प्रयास हुनेछ । जसले मंगलग्रहमा कहिले जीवन थियो या थिएन भन्ने प्रश्नको उत्तर खोज्न पनि सहज हुने वैज्ञानिकहरुको दाबी छ ।
यो अन्तरिक्ष यानको मिसन अघिल्लो वर्ष ३० जुलाईमा फलोरिडा स्थित केप केनवरल स्पेश फोर्स स्टेशनबाट लन्च भएको थियो । झण्डै सात महिनाको यात्रा पछि यो मंगलग्रह पुगेको हो । नासाले पठाएको अहिले सम्मकै सबैभन्दा ठुलो यान हो ।
१९७० को दशक पछि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यो नौ मंगल अभियान हो ।
यान पुगेको ४५ किलोमिटर चौडा जेजेरो क्रेटर मंगल ग्रहको अत्यन्त दुर्गम इलाका हो ।
वैज्ञानिकहरुको दाबी अनुसार मंगलग्रहमा तीन देखि चार अर्ब वर्ष पहिला जीवन थियो । जुन समय ग्रहमा पानी बग्ने गरेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected