अमेरिका– बाइडेन प्रशासनले संसदमा अमेरिकी नागरिकता विद्येयक–२०२१ पेश गरेको छ ।
यो बिलले कानुनी रुप लिएको खण्डमा रोजगारमा आधारित ग्रिनकार्डको संख्या सिमित गर्न पुर्व सरकारले लगाएको रोक अन्त्य हुनेछ । यति मात्र नभई एचवान बी भीषा धारीका आश्रीत परिवारलाई काम गर्ने अनुमति समेत मिल्नेछ ।
ससदको दुई सदन पारित भई राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेर कानुनी बनेपछि एक दशमलन एक करोड आप्रवासी तथा वैध तरिकारले आएका लाखौ एचवान बी भिसा भएकालाई नागरिकता प्राप्त गर्ने बाटो खुल्नेछ ।
यो कानुन बनेपछि दश वषदेखि ग्रिनकार्डको प्रतिक्षा गरिरहेका आइटी पेशामा लागेकाहरुलाई वैध रुपमा स्थायी रुपमा अमेरिका बस्ने अनुमति मिल्नेछ । जो बाइडेनले जनवरी २० मै शपथ लिएपछि यो विधयेयकलाई ससदमा पठाएका थिए ।
अमेरिकामा ठुलो संख्यामा एचवान बी भिसामा भारतीय मुलका व्यक्तिहरु आइटी पेशामा संलग्न रहेका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...