टेक्सस– गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिकामा युवा सहभागितालाई जोड दिदै क्यालिफोर्निया निवासी युवा बिराज भण्डारीले २०२१–२०२३ का लागी उम्मेदवारी घोषणा गरेका छन् ।
भ्ण्डारीले नैतिकता , इमान्दारिता तथा स्वाधिनता, एनआरएनएमा युवा सहभागिता भन्ने उद्घोष सहित बोर्ड सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन । उनले अग्रजलाई सम्मान युवालाई प्रोत्साहन तथा एनआरएनएको भविष्यामा युवाको पहिचान भन्ने मुल नाराका साथ अगाडी बढेका छन् ।
नेपालको ओखलढुंगा रुम्जाटार तथा हाल क्यालिफोर्निया बेए एरियामा बस्दै आएका भण्डारी नेपालमा हु“दा व्यवसायिक रुपमा अकबरे खुर्सानी तथा खसी रागोको मासुको अचार उधोग व्यवसायमा संलग्न थिए । व्यवसाय संगै उनले बचेको रकमले पिछडिएका लागी निशुल्क पठनपाठनको व्यवस्था गदै आएका छन् ।
अमेरिका आएर पनि उनले समस्यामा परेका नेपाली विद्यार्थीलाई सहयोग गदै आएका छन् ।
६ वर्षदेखि अमेरिका बस्दै आएका भण्डारीले एनआरएनएमा रहेर आफुलाई सेवा गर्ने मौका दिन सबैसंग आग्रह गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected