टेक्सस– टेक्ससमा अझै पनि झण्डै  १ करोड ४० लाख समुदायले पानीको समस्या झेलिरहेका छन्
केही दिन अघि टेक्ससमा आएको हिउ सहितको हुरीले यस्तो समस्या झेलिरहेका हुन । केही दिन बिधुत आपुर्ति बन्द भई अध्यारोमा बस्न बाध्य भएका समुदायले अहिले पानीको समस्या झेलिरहेको बताईन्छ ।
डेलिमेलले प्रकाशित गरेको एक समाचार अनुसार अधिक चिसोका कारण पानी आपुर्ति हुने पाइपहरु फुटेका कारण समुदायले पानीको गहिरो संकटको सामना गर्नु परिरहेको छ । पानीको जोहोका लागी हिउ संकलन गरेर त्यसलाई पगालेर काम चलाइरहेका छन् । धेरै समुदाय अहिले बोतलको पानीमा आश्रित रहन पुगेका छन् ।
पानी लिनका लागी अहिले धेरै ठाउ“मा मानिसहरुको लाम लागेको छ । पसलहरुमा पानीको आपुति अधिक बढेको छ ।
तर यसरी हिउ पगालेर पिइने पानीले स्वास्थयलाई हानी पुराउने भएकाले त्यसो नगर्न सुल्झाएका छन् ।
टेक्ससमा अहिलेसम्म हिउ र चिसोको कारण ३० जनाको ज्यान गइसकेको छ ।

डेलीमेल

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected