मेक्सिको सिमामा शरणका लागी पर्खेकाहरुलाई अमेरिका प्रवेशको अनुमति

अमेरिका– अमेरिकामा जो बाइडेन प्रशासनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प को अर्को फैसलालाई उल्टाइदिएको छ ।
शरणार्थी नितिमा परिवर्तन गदै लामो समय देखि मेक्सिकोमा पर्खेर बसेकाहरुलाई ठुलो राहत मिलेको हो ।
नया निति अनुसार शुक्रबार शरणार्थिको एउटा समुहलाई अमेरिका प्रवेशको अनुमति दिइएको हो ।
अमेरिकामा शरणका लागी मेक्सिसमा कुरेर बसेका झण्डै २५ हजार मध्ये २५ जनालाई अमेरिका प्रवेशका लागी अनुमति दिइएको हो । यिनिहरुलाई अदालतको लामो प्रकृया पछि अमेरिका आउनलाई अनुमति प्रदान गरिएको हो । उनिहरुलाई अहिले क्वारेन्टाइनमा होटलमा राखिएको छ । क्वारेन्टाइनको अवधि पुरा भएपछि उनिहरु अमेरिकामा आफना आफन्त तथा अन्य स्थानमा जान सक्नेछन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...