नागोया ,जापान –स्याङ्ग्जा समाज जापान क्षेत्रीय समिती नागोयाको तेश्रो अधिबेशन भव्य रुपमा सम्पन्न भएको छ । नागोया स्थित चौतारी रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको अधिबेशनमा सर्बसम्मत निशान राना अध्यक्षमा चयन हुनुभएको छ ।

सभापति हिरा गुरुङ र केन्द्रका महा सचिब बेद कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा निशान रानाको अध्यक्षतामा १९ जना सदस्यहरुको कमिटी गठन गरिएको छ जसमा वरिष्ठ उपाध्यक्षमा अर्जुन खनाल , उपाध्यक्ष मित्र सिग्देल ,उपाध्यक्ष”महिला”राधिका पाण्डे,महासचिब मनोज ढुंगाना ,सचिब बिरेन गुरुङ ,सह-सचिब बिदुर लम्साल,कोषाध्यक्ष सन्तोष गुरुङ ,सह कोषाध्यक्ष दिपक घर्ति साथै सदस्यहरु रोजिना गुरुङ ,शर्मिला शर्मा ,राम प्रकाश अर्याल,सन्तोष क्षेत्रि ,चिनु गुरुङ ,अनिता सुबेदी खनाल ,सचिन गुरुङ ,राजेन्द्र लम्साल ,मदन लम्साल र सुन्दर थापा रहेका छन । साथै अधिबेशन लगतै बसेको बैठकले सल्लाहाकारहरुमा जिबन गुरुङ , कृष्ण रेग्मी ,श्याम राना
र हिरा गुरुङलाई मनोनयन गरीएको जानकारी अध्यक्ष रानाले दिए साथै कार्यसमितिको बैठक पछी सल्लाहाकार थप्न सकिने पनि बताए ।
उक्त कार्यक्रममा वार्षिक प्रतिबेदन महा सचिब अर्जुन खनाल र आर्थिक प्रतिबेदन सह-कोषाध्यक्ष अनिता सुबेदी खनालले प्रस्तुत गरेका थिए । साथै स्याङ्ग्जा समाज जापान केन्द्रका महा-सचिब बेद कार्की र समाजका सल्लाहाकार जीबन गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो।

महाधिवेशन निर्वाचन मण्डल र विधान संशोधन समिति संयोजक भिम न्यौपाने तथा सदस्यहरु जीवन गुरुङ र बेद कार्कीले तयार पारेको नबनिर्बाचित कार्यसमितिलाई सस्थाका सल्लाकार जीबन गुरुनले सपथ ग्रहण गराएका थिए ।
बिबिध कारणबस प्रत्यक्ष उपस्थीती हुन नसक्नेको लागि
भर्चुअल माध्यम जुम लिंकको ब्यबस्था पनि गरिएको उक्त
कार्यक्रम श्याम रानाले सन्चालन गरेका थिए भने कार्यक्रमका सभापति हिरा गुरुङले उपस्थित सबैलाई कार्यक्रम सभ्य र भब्य बनाईदिनुभएकोमा धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected