अमेरिका– मिथिला कला र संस्कृतिको संरक्षण र सर्वद्धन गर्ने उद्देश्यले अमेरिकामा मिथिला महोत्सव अमेरिका–२०२१ आयोजना हुने भएको छ ।
मिथिला सेन्टर युएसएको आयोजनामा आउ“दा अप्रिल १४ देखि १७ सम्म न्युयोर्कमा आयोजना हुन लागेको हो ।
यस पटकको महोत्सवको नारा दिगो विकास लक्ष्यका लागी कला ः मिथिला सम्पदा भन्ने रहेको आयोजकले जनाएको छ । महोत्सव कोविड–१८ विरुद्ध सावधानी र निरोधात्मक उपायहरु सम्बन्धमा सामुदायिक जागरुकता बढाउने तर्फ पनि महोत्सव अग्रसर हुनेछ ।
महोत्सवमा सहभागीका लागी इच्छुक कलाकारहरुलाई आफनो चित्रकला मार्च ६ सम्म पठाइसक्न आयोजकले अनुरोध गरेका छन् ।
मिथिला राज सलहेश ज्यन्ति समारोह, नव वर्ष तथा जुड शितल चार्ड र मिथिला साहित्य सम्बन्धी कार्यक्रमहरु पनि यस वर्षको मिथिला महोत्सवमा समावेश गरिने भएको छ ।
यस अघि २०१९ मा पहिलो पटक सयुक्त राष्ट्र संघको मुख्यालय अगाडी भएको थियो ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...