अमेरिका– इन्जिनमा आगो लागेपछि डेनभरमा आपतिकालिन अवतरण गरिएको ७७७ मोडलको विमानको उडान रोक्न सिफारिस गरिएको छ ।
विमान निमार्ता कम्पनी बोइङले सबै विमान कम्पनीलाई उडान रोक्न सिफारिस गरेको हो ।
फेडरल एविएसन रेगुलेटरले पनि चिन्ता व्यक्त गदै यो विमानको जा“च गर्न आदेश दिएको हो ।
युनाइटेड एयरलायन्सको उडान संख्या ३२८को इन्जिनमा आगो लागेपछि विमानलाई डेनभर अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवतरण गर्नु परेको थियो । यो विमानमा सवार २३१ इात्रु तथा चालक दलका १० जना सदस्य सुरक्षीत थिए ।
युनाइटेड एयरलायन्स अमेरिकाको एउटा एक्लो विमान सेवा कम्पनी हो । युनाइटेड एयरलायन्सका अनुसार उ संग ७७७ को २४ वटा विमान रहेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected