अमेरिका–अमेरिकामा अब तेस्रो कोरोना भ्याक्सिन को अनुमति दिने तयारी भएको छ ।
जोन्सन एण्ड जोन्सन को एक डोज खालको कोरोना भ्याक्सिनलाई अनुमति दिने तयारी भएको हो । अमेरिकी खाद्य तथा औषधी प्रशासनले बुधबार यो बारेमा जानकारी दिएको हो । आगामी शुक्रबार यो भ्याक्सिनको बारेमा प्रशासनले चर्चा गर्ने कार्यक्रम रहेको छ । यसको उपयोगिताको आधारमा त्यसको केही दिनपछि यो भ्याक्सिनको अनुमति दिने संभावना छ ।
एफडिएका वैज्ञानिकले जोन्सन एण्ड जोन्सन

भ्याकिसन कोरोना संक्रमण रोक्नका लागी ६६ प्रतिशत प्रभावकारी हुने दाबा गरेका छन् ।
एक डोजको यो भ्याक्सिन तिव्र रुपमा अघि बढने र यसले कोरोना संक्रमण दरलाई कम गर्ने विश्वास गरिएको छ । यस अघि अमेरिकामा फाइजर तथा मोर्डना भ्याक्सिनले अनुमति पाइसकेको छ ।
अमेरिकामा अहिलेसम्म फाइजर तथा मोर्डनाको ४ दशमल ४५ करोड लाई भ्याक्सिनको डोज लगाइ सकिएको छ । दुई करोड लाई दोस्रो डोज समेत प्राप्त भइसकेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected