अमेरिका– अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी मार्च ३१ सम्म आप्रवासन भिसामा लगाइएको बन्देजलाई खारेज गरिदिएका छन् ।
यस अघि निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गदै डिभी विजेता, परिवार तथा रोजगारीमा आधारित आप्रवासी भिसा रोक लगाएका थिए । यसले गर्दा कानुनी प्रकृया पुरा गरेर पनि डिभी विजेता कतिपय नेपालीहरु अडकिएकमा थिए । राष्ट्रपति बाइडेनले बुधबार एक कार्यकारी आदेश जारी ट्रम्पको आदेशलाई पल्टाइदिएका छन् ।
अब यो आदेशले अब कानुनी प्रकृया पुरा गरेर अमेरिकी नागरिकका परिवार तथा ग्रिनकार्ड भएका परिवारका व्यक्तिहरु अमेरिका आउन पाउने छन् । ट्रम्पको आदेशले कयौ डिभी विजेता नेपालीहरु गत सेप्टेम्बर देखि नेपालमै रोकिएका थिए । अब बाइडेनको यो आदेशले उनिहरु अमेरिका आउन पाउने छन् ।
ट्रम्पको आदेशले वैध तरिकाले अमेरिका आउने प्रकृयालाई समेत रोक्का गरेको थियो । कोरोना महामारीको कारण देखाउदै ट्रम्पले यस्तो आदेश जारी गरेका थिए । यो आदेश संगै ग्रिनकार्ड जारी गर्ने क्रम समेत रोकिएको थियो । बाइडेनले यो वैध तरिकाको आप्रवासन रोकिनु अमेरिकाको हितमा नभएको धारणा राखेका थिए । तर बाइडेनले एचवानभि भिसा लगायतको रोक भने फुकुवा गरेका छैनन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected