काठमान्डौ–काठमान्डौमा जारी गैरआवासिय नेपाली संघ एनआरएनएमा राजनितिक भागबन्डा लगाउदै उम्मेदवार चयन गरिएका छन् ।
अध्यक्षका प्रत्याशि भनिएका कुमार पन्त र कुलचआचार्यले राजनितिक दबाबका आधारमा भागबन्डा लगाउदै उम्मेदवारी चयन गरी आ–आफना प्यानल बनाएका छन् ।
कोषाध्यक्षमा लामो समय देखि प्रचार गरी उम्मेदवारी घोषणा गरेका अमेरिकाबाट गएका एसि शेर्पाले नेकपाकै दवाबमा आफनो उम्मेदवारी फिर्ता लिनु परेको छ ।
‘उम्मेदवारी चयनमा व्यापक रुपमा पार्टिकै निर्देशन र दबामा उम्मेदवारी बनाइएका छन्– सम्मेलनमा सहभागी एक प्रतिनिधिले भने– ‘एनआरएनएलाई साझा संस्था भन्नु पनि लाजमर्दो भइसकेको छ ।’उनका अनुसार उम्मेदवार चयनमा सहमति भनिए पनि सबै राजनितिकि भागबन्डा लगाइएको बताए ।
काग्रेसको समर्थनमा कुल आचार्यले आफनो छुट्टै टिम नै घोषणा गरेर चुनावी मैदानमा उर्तिएका छन् । उनको टिममा उपाध्यक्षमा डाक्टर केशव पौडेल, मन केसी, रविना थापा तना महासचिवनमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटालाई उम्मेदवार बनाइएको छ । यस अघि महासचिवमा आफनो उम्मेदवारी घोषणा गरिसकेका डाक्टर पौडेललाई पार्टिकै निर्देशनमा फिर्ता लिन लगाई उपाध्यक्षको उम्मेदवार बनाइएको छ । उपाध्यक्ष भन्दा महासचिव पद शक्तिशाली भए पनि उनलाई भुमिका बिहिन जस्तै उापध्यक्ष पदमा सिििमत गरिएको छ ।

अध्यक्ष कुल आचार्यकाे टिम

यता वामपन्थी कम्युनिष्ट विचार बोकेका अध्यक्षका अर्का प्रत्याशी कुमार पन्तले समेत समावेशी टिम भन्दै वामपन्थीकै सल्लाह र निर्देशनमा आफनो टिम बनाएका छन् । आफु अध्यक्ष रहेको टिममा उपाध्यक्षमा डा बद्री केसी, सोनाम लामा, धर्मराज अधिकारी र हिक्मत कार्की छन् ।
त्यस्तै महिला उपाध्यक्षमा सपिला राज भण्डारीलाई चुनावमा उतारिएको छ । त्यस्तै महासचिवमा डा हेमराज शर्मा तथा सचिवमा गौरीराज जोशी र आर के शर्मालाई बनाइएको छ भने कोषध्यक्ष महेश श्रेष्ठलाई बनाइएको छ । यस अघि साझा उम्मेदवार भनिएका गौरीलाईले अध्यक्ष पन्तले आफनो टिममा तानेका छन् ।

अध्यक्ष कुमार पन्तकाे टिम

पार्टिको निर्देशन र एनआरएनए हाइकमाण्डको निर्देशन नमान्नेलाई असहयोग गर्ने भनेर औला ठडाएपछि उम्मेदवार बनेकाहरु समेत पछि हटेका थिए ।

कोको पछि हटे
उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी बन्दना कोइराले अर्की उपाध्यक्ष रविना थापालाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता लिइन । त्यस्तै क्षेत्रीय संयोजक पदका लागी नविन शेरचनले डा विनोद शाहलाई समर्थन गर्ने भन्दै उम्मेदवारी फिर्ता लिए । क्षेत्रीय संयोजक पदमा राजन त्रिपाठीले पनि उम्मेदवारी दिएका छन् ।
उपसंयोजकमा उम्मेदवारी दिएका दिल्ली भट्टराई तथा बेदराज बस्नेतले राम सि पोखरेललाई समर्थन गर्ने भन्दै आफुले दिएको उम्मेदवारीबाट पछि हटेका थिए । राजनितिक भागबन्डामा सुरु भएको एनआरएनएमा ४२ पदका लागी निर्वाचन हुदैछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected