सरकार बस्ती-बस्तीमा छुरी राखिदे ठिक हुन्छ
बोल्नै नदिनुभन्दा बरु जिब्रो काटिदे ठिक हुन्छ

भोक विरुद्ध आन्दोलन चलिरहन्छ के गर्छस्?
कहिल्यै भोक नलाग्ने औषधी खुवाइदे ठिक हुन्छ

यी मान्छेहरुले खोजेका आश्वासनको डोज हो
हुन्छ, फेरी उस्तै गरेर निच्च हाँसिदे ठिक हुन्छ

ठेगाना पनि मिल्छ थाहा हुन्छ कहाँ निदायौ
हामी यहाँ छौँ भनेर पोस्टर टाँसिदे ठिक हुन्छ

र।न।पा १५, चितवन
हाल: टेक्सस, अमेरिका

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected