आँटिली सदिक्षाको आवाजले दाजुको रहस्मय मुत्यु प्रकरण मुद्धा अदालतमा पुग्यो

टेक्सस–अन्ततः सदीक्षा बास्तोलाको आँट र बुलन्द आवाजका कारण आफनो दाजु प्रविण बा“स्तोलाको रहस्मय मृत्यु प्रकरणको मुद्धा अदालतमा पुगेको छ ।
मोरङ जिल्ला अदालतले प्रविण बास्तोलाको रहस्मय मुत्यु प्रकरणका आरोपीत मध्ये एक जनालाई थुनामा राख्न आदेश दिएको छ । घटनामा ६ जना विरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता भएकोमा ४ जना फरा छन् । एक जना धरौटीमा रिहा भएका छन् ।
घटनाको अनुसन्धानमा स्थानिय प्रहरी प्रशासनले आलटाल गर्न खोजेपछि न्यायिक छानवीनका लागी सदिक्षाले आवाज उठाएकी थिइन । उनको आवाजमा समुदायले पनि साथ दिएपछि उर्लाबारीको यो घटनाले सबैको ध्यान खिचेको थियो । सायद सदिक्षाले आवाज नउठाएको भए यो रहस्यम मुत्यु प्रकरण रहस्यकै गर्भमा रहने थियो होला । घरको एक्लो छोरा तथा दाजुको रहस्मय मुत्युले दिनरात निन्द्रा नभनी सदिक्षा लडीरहेकी छिन् । उनको यही सर्घष र सहासले आज दाजुको मुत्यु प्रकरण अदालत सम्म पुगेको छ । अव यसको न्यायिक छानवीन भए दाजुको आत्मले शान्ति पाउने सदिक्षा बताउछिन् ।
अमेरिकाको टेक्ससमा पाइलट पढदै गरेकी सदिक्षाको पढाई सकिन चार महिना मात्रै बाकी थियो । तर उनी दाजुको रहस्मय मुत्यु भएको खबर पछि लगत्तै नेपाल पुगीन । अब उनी दाजुको रहस्यम मुत्यले न्याय नपाएसम्म अमेरिका नफर्किने वाचा सहित उनी लडीरहेकी छिन् ।