अमेरिका–अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को हुने राष्ट्रपति चुनाव लडने संकेत दिएका छन् ।
निवर्तमान राष्ट्रपति ट्रम्पले वाइट हाउस छाडेपछिको पहिलो भाषणमा यस्तो संकेत गरेका हुन ।
उनले आफनो रिपब्लिकन पार्टिलाई एकजुट गर्ने अपिल गदै बाइडेन प्रशासन जमेर निशाना साधेका छन् ।
उनले बाइडेन प्रशासनको एक महिनाको कार्यकालमा अमेरिका फस्र्टबाट अमेरिका लास्ट बनेको आरोप लगाएका छन् ।
ट्रम्पले आइतबार फलोरिडामा एक कार्यक्रममा क्रममा यस्तो भनाइ राखेका हुन । उनले आफु फेरि समय आएपछि बाइट हाउस फर्किने बताएका छन् । उनले नया पार्टि निर्माण गर्ने बारेमा आएको भनाईलाई भने खण्डन गरेका छन् । उनले आफनो पार्टिलाई बलियो बनाएर अघि बढने बताएका छन् । उनले ९० मिनेटको आफनो भाषणमा डेमाक्रेट पार्टि तथा राष्ट्रपति जो बाइडेन माथि निशाना साधेका थिए । उनले बाइडेन प्रशासनको ४० दिनको कामले उनी रोजगारी विरोधी , परिवार विरोधी सिमा विरोधी तथा महिला विरोधी भएको आरोप लगाए । उनले २०२० मा भएको चुनावमा आफनो पराजयलाई फेरि धाधली भएको दाबीलाई दोहोराएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected