अमेरिका–दक्षिण क्यालिफोर्नियाको इम्पेरियल काउन्टीमा मंगलबार भएको सवारी दुर्घटनामा १५ जनाको ज्यान गएको छ ।
यात्रुबहाक बस तथा मिनी ट्रक आपसमा जुध्दा भएको दुर्घटनामा ज्यान गएको एल सेन्ट्रो क्षेत्रीय मेडिकल सेन्टरका अधिकारीले बताएका छन् । २७ यात्रु रहेको बस ट्रक संग ठक्कर खाएपछि दुर्घटना भएको बताईन्छ । अधिकांशको घटनास्थलमै मुत्यु भएको छ ।
घटनास्थल सानटियायोबाट १०० माइल पुर्व र मेक्सिको सिमाबाट १५ माइल टाढा पर्छ ।
घटना लगत्तै इम्पिेरियल काउन्टी अग्नि नियन्त्रक कार्यालयले २५ जना उद्धारकर्तालाई घटनास्थल पठाएको थियो । चार देखि पा“च एम्बुलेन्स तथा चार वटा हेलिकप्टर रहेका थिए

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected