अमेरिका– झण्डै दुई महिनादेखि बेपत्ता भएका नेपाली विद्यार्थी अजय शाह अझै फेला परेका छैनन ।
न्युयोर्कबाट बेपत्ता भएका २२ वर्षिय शाह अझै बेखबर रहेका छन् । प्रहरीले पछिल्लो पटक जारी गरेको सुचना अनुसार अन्तिम पटक उनी गत जनवरी २० मा न्युयोर्कको बु्रकुलिन ब्रिजमा देखिएका थिए । ब्याक बोकेर उनी एक्लै हिडेको प्रहरीले जारी गरेको सिसिटिभी फुटेजमा देखिएका छन् । उनले काकी पेन्ट, लेदर ज्याकेट र कालो उनीको टोपी लगाएको देखिएका छन् । त्यसपछिको उनको अवस्था अहिले सम्म अत्तोपत्तो छैन । उनको फोन तथा डेबिट कार्ड समेत उक्त समयका सक्रिय देखिएको छैन ।
न्युजर्सिमा बसेर ड्रिउ युनिभर्सिटीमा अध्ययन गदै आएका शाहको पुख्यौली घर सिराह हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected