अमेरिका– अमेरिका फाइभ जि नेटवर्कलाई लिएर उत्सुक रहेको छ । यो नया प्रविधिलाई अमेरिकाले भित्राउन चाहिरहेको छ । तर चिनिया खतरालाई लिएर त्यतिकै सजग पनि रहेको छ ।
समाचार एजेन्सीका अनुसार अमेरिकामा फाइजी नेटवर्कको स्थापना बाइडेन प्रशासनको प्राथमिकतामा रहेको छ । तर अमेरिकामा चीनले नेटवर्कमा प्रयोग गर्ने उपकरणमा गडबढी गर्न सक्ने भन्दै शशकित पनि भएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले फाइभ जी नेटवर्क ले प्रविधीमा नया क्रान्ति ल्याउने विश्वास गरेका छन् । यो अमेरिकी प्राथमिकतामा रहेको बताएका छन् ।
यसले आउने समयमा उच्च प्रविधी, यातायात, विद्युत वितरण, जनस्वास्थ्य सहित कयौ क्षेत्रका लागी आवश्यक रहेको छ । यही कारण यसको स्थापनाका लागी लिएर खतरा उत्पन्न हुने भन्दै प्रवक्ता प्राइसले चिन्ता पनि व्यक्त गरेका छन् ।
अमेरिकी प्रशासनले अहिले फाइभ जी नेटवर्कलाई लिएर सावधानीका साथ कदम उठाइरहेको छ । नेटवर्क स्थापना गर्दा उपकरणलाई लिएर सर्तकता अपनाउनु जरुरी रहेको बताईएको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...