घन्टौ सम्म लाइनम बसेर पनि एनआरएनएको मतदान स्थगीत भएपछि प्रतिनिधिहरुले होहल्ला गदै विरोध जनाएका जनाएका छन् ।
दिउसो देखि मतदानम बसेकाहरु राती अबेसम्म पनि मदतान नभएपछि आक्रोस व्यक्त गरेका हुन ।
ढिलो गरी सुरु भएको इलोक्टे«ानि मतदानमा समस्या आएको भन्दै भोली बिहान सम्मका लागी स्थगीत गरिएको निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए ।
उत्साहका साथ मतदानमा उर्तिएकाहरु यो समस्याले हैरान भएपछि मतदान स्थलमा धेरै समय सम्म हुटिङ गरेका थिए । पा“च वजे देखि सुरु भनिएको मतदान राती ८ बजे सम्म सुरु भएको थिएन । सुरु भए लगत्तै मतदान स्थगीत भएको थियो । सहभागीहरुले यो प्राविधिक कारण नभई चहलखेल र षडयन्त्र पुर्वक तवरले मतदान स्थगीत गरिएको बताए । मतदान नभएपछि मतदान स्थलमा ठेलम्मठेल र नाराबाजी गरिएको थियो ।
चुनाव सकेर आफनो गन्तव्य फर्कने योजना बनाएकाहरुले निर्वाचन रोकिएपछि अन्यौल भएको जनाएका छन् ।
एकातिर मतदान स्थगीत अर्कोतिर अन्तिम समयमा आएर प्रतिनिधीमा नाम समेत थपिएको भन्दै सहभागीले विरोध जनाएका छन् । रजिष्टे«ेसनमा नाम नभएकाहरुले समेत नाम थपेर प्रतिनिधीमा सहभागी भएको युरोपबाट आएका एक प्रतिनिधीले बताए ।
सम्बन्धित खवर
-
अमेरिका -गैर आवासीय नेपाली संघ, ...
-
कुमारजंग कार्की न्युजर्सि एन आर ...