अमेरिकी विदेश मन्त्रालयद्धारा मुस्कान खातुनलाई अन्तराष्ट्रिय साहसी महिला पुरस्कार

अमेरिका–एसिड आक्रमणबाट नया जीवन पाएकी नेपालकी मुस्कान खातुनलाई प्रतिष्ठित अन्तराष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गरिने भएको छ ।
अमेरिकी विदेश मन्त्रालयले यस वर्षको पुरस्कार खातुनलाई दिने निर्णय गरेको काठमान्डौ स्थित अमेरिकी दुताबासले एक विज्ञप्ती प्रकाशित गरी जानकारी दिएको हो ।
तेजाब आक्रमण अन्तयतर्फ लक्ष्ति उनको अभियानका लागी उनलाई यो पुरस्कार दिइन लागेको बताइन्छ । यो पुरस्कार पाउने कम उमेरकी व्यक्ति पनि मुस्कान बनेकी छिन् ।
८ मार्चमा एक भच्युअल पुरस्कार समारोहमा अमेरिकी प्रथम महिला जिल बाडेनन तथा अमेरिकी विदेशी मन्त्री सहभागी हुनेछन् ।
१५ वर्षको उमेर हुदा मुस्कानले एक किशोरको प्रेम प्रस्ताव अस्वीकार गर्दा उनी माथि एसिड प्रहार भएको थियो । एसिड प्रहारबाट उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो । एसिड आक्रमणपछि उनी लामो समय अस्पताल बस्नु परेको थियो । एसिड आक्रमणको त्यो पीडाले अहिले पनि मुस्कानले धेरै समस्याहरु झेल्दै आएकी छिन् । यस पछि उनी एसिड आक्रमण विरुद्धको अभियान्त बनेर निरन्तर नेपालमा क्रियाशिल रहदै आएकी थिइन ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...