अमेरिका– अमेरिकाले गएको एक वर्षदेखि कोभिड–१९ को सामना गरिरहेको छ । यसै बीच जो बाइडेन प्रशासनलाई बल्ल मुस्किलले एउटा सफलता मिलेको छ । अमेरिकाका सिनेटमा मुस्लिकले १.९ ट्रिलियन डलरको राहज प्याकेज सिनेटमा पारित भएको छ ।
कोरोना महामारीकै कारण अमेरिकामा आर्थिक गिरावटले अवस्था केही खराब बनिरहेको छ । बितेको एक वर्षमा अमेरिकामा लाखौको रोजगारी गुमेको छ । त्यसै व्यापार व्यवसायमा त्यतिकै मन्दी आएको छ । अहिले यो राहत प्याकेजले केही सहयोग पुग्ने विश्वास गरिएको छ ।
यो राहत बिलका विपक्षमा ४९ तथा पक्षमा ५० मत खसेको थियो । यो मतदानका क्रममा रिपब्लिकनका डैन सुलिवन मतदान प्रकृयामा सोमल भएका थिएनन । अब यो बिललाई प्रतिनिधी सभाले पारित गर्न बाकी छ । प्रतिनिधीसभाबाट पारित भएपछि यो बिल बल्ल राष्ट्रपति बाइडेनले हस्ताक्षर गर्नेछन् । प्रतिनिधिी सभामा रिपब्लिकनको तुलनामा डेमोक्रेटको सदस्य संख्या धेरै छ । यो राहत प्याकेज सुरुदेखि नै बाइडनको उच्च प्राथमिकतामा रहको थियो । यो राहत प्याकेजमा १४ सय राहत चेक अमेकिी नागरिकलाई प्रदान हुनेछ । त्यस्तै बेरोजगारीलाई पनि दिइनेछ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...