ब्राजिल-ब्राजिलमा एक बर्ष देखि देखिएको कोरोना भाइरस अहिलेसम्म रोकथाम हुनुको सत्ता झन तिब्र गतिमा बढीरहेको छ । अहिले ब्राजिलमा कोरोना भाइरसको संख्यामा उच्च वृद्धि हुँदै जादा अवस्था झन झन खराब हुदै गइरहेको छ । यसरी व्यापक रुपमा कोरोना भाइरस प्रकोपको खतरा बढीरहेको छ कि जुन आउदो दिनहरूमा अझ बढी घातक र खतरा पैदा हुन सक्ने अनुमान गरिएको छ । दक्षिण अमेरिकाका शिर्ष बैज्ञानिकहरुले बताएका छन् कि अहिले ब्राजिलले कोरोना भाइरस महामारीको भयानक अवस्थाको सामना गरिरहेको छ । एक बर्ष देखि देखिएको कोरोना भाइरसको अहिलेसम्म नियन्त्रण गर्न नसक्दा ब्राजिलमा दिन दिनै मर्ने संख्या उच्च हुँदै गइरहेको छ भने अस्पतालहरु भरीभराउ छन् । आइसियुमा बिरामी राखेर उपचार गर्ने ठाउको अभावले बिरामीहरु उपचार नपाइ मृत्यु पनि भएका छन् । जसको कारण ब्राजिल अहिले गम्भीर अवस्थामा गुज्रिरहेको छ ।

यसरी दिन प्रतिदिन बढ्दो कोरोना भाइरस र त्यसको नियन्त्रण हुन नसक्दा अहिले ब्राजिलका विभिन्न राज्यहरुमा दुई हप्ताको लागि लकडाउन गरिएको छ । एअरपोर्ट, हस्पिटल, स्कुल, चर्ज र अति आवश्यक पसलहरु खुल्ला गरिए पनि सरकरी कार्यलय, पसल र अन्य चिजहरु सबै बन्द गरिएका छन् । रेस्टुरेन्ट खोलिए पनि होम डेलिभरी मात्र हुनेछ । यो लकडाउनको अबधिमा कोरोना भाइरस नियन्त्रण भएन भने लकडाउन अझ बढी लम्बिन पनि सक्नेछ । ब्राजिलमा एक महिना अगाडि देखि कोरोना बिरुद्धको भ्याक्सिन लगाउन सुरु गरे पनि त्यो एकदम थोरैले मात्र लगाउन पाएका छन् । झन्डै साढे २१ करोड जनसंख्या भएको ब्राजिलमा ५ % ले मात्र भ्याक्सिन लगाउन पाएका छन् जुन जनसंख्याको हिसाबले एकदमै कम मात्रामा हो ।

यस्तो माहामारीको अवस्थामा भने रास्ट्रपति जयर बोल्सोनारोले भने सधै कोरोना विरुद्ध बोल्दै आएका छन् । कहिले मास्कको प्रयोगको आलोचना, कहिले लकडाउन उपाय गर्नेहरुलाई धम्की, कहिले अस्पतालमा बेडको अभाव हुदा बिगतका सरकारहरु तथा गभर्नरहरुलाई दोष दिदै आइरहेका छन् । ब्राजिलमा केही दिन यता दिन कै उच्च रुपमा बढीरहेको कोरोना भाइरसले दिनहु झन्डै २ हजार हाराहारीमा कोरोना भाइरस संक्रमीतको मृत्यु भइरहेको छ भने त्यहि अनुपातमा दिनहु ७०/८० हजार मानिसहरु संक्रमीत भइरहेका छन् । ब्राजिल यस्तो डरलाग्दो अवस्थामा गुज्रिए पनि यहाँका कतिपय मानीसहरु अझ पनि कोरोना भाइरसको बेवास्ता गरि खुलेआम सडकमा हिडिरहेका छन् । जहाँ तहि भिडभाड, किनमेल, भेटघाट कुनै चिजको मतलब गर्दैनन् जुन अति लापरबाही कुरा हो । जसको कारण दिनहु कोरोना भाइरस संक्रमीतको संख्यामा उच्च वृद्धि भइरहेको छ ।

ब्राजिल अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा बिश्वमै अमेरिका पछिको दोस्रो स्थानमा छ भने संक्रमीतको हिसाबले तेस्रो स्थानमा छ । अहिलेसम्म ब्राजिलमा झन्डै २ लाख ६५ हजार मानिसहरुको मृत्यु भइसकेको छ । १ करोड १० लाख मानिसहरु संक्रमीत भएका छन् । यहि अनुपातमा मृत्यु हुने र संक्रमीत हुनेको संख्या बढ्दै जाने तर त्यसको रोकथाम गर्न सकिएन भने आउदो दिनहरुमा ब्राजिलमा एकदमै भयावह अवस्था आउने यहाँका बिज्ञहरुले चेतावनी दिएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected