अमेरिका–अमेरिकामा एउटा यस्तो सुनेर हैरान बनाउने घटना बाहिर आएको छ । एक जना २३ वर्षिया महिलालाई यौन उत्पीडनमा दोषी मानिएको छ । प्रहरीका अनुसार अर्कान्ससकी ब्रिटनी नामकी महिलाले १४ वर्षे बालकसित शारीरिक सम्बन्ध बनाएको उजुरी परेपछि प्रहरीले छानवीन सुरु ग¥यो । छानवीन पछि यो घटना अदालतमा पुग्यो । त्यसपछि ति महिलाको राज खुलेको हो । घटना अघिल्लो सालको भएपनि हालै मात्र यो घटना बाहिर आएको हो । प्रहरीलाई यस बारेमा एक बाल शोषण हटलाइनबाट सुचना प्राप्त भएको हो ।
उनले एक वर्षदेखि  बालक माथि यौन शोषण गदै आएको बताईन्छ । सुचनापछि प्रहरीले जासुसीको माध्यमबाट ति महिलालाई रंगेहात पक्राउ गरेको थियो ।
अदालतमा जासुसीले बताए अनुसार उनी संग ति महिलाको मेडिकल रिपोर्ट पनि रहको छ । मेडिकल रिपार्टमा उनी गर्भवति भएको लेखिएको छ । अस्पतालको भिडियो फुटेजमा पनि ति महिला र १४ वर्षका बालक सगै भित्र पसेको देखिएको छ । यसै साता मात्रै प्रहरीले आरोपी महिलालाई पक्राउ गरेको छ । उनलाई के सजाय हुने भन्ने बारेमा अहिलेसम्म फैसला भएको छैन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected