अमेरिका– गैरआवासिय नेपाली संघ अमेरिका (एनआरएनए) मा भावी अध्यक्षका लागी उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ ।
यसैबीच एनआरएनए अमेरिकाको भावी अध्यक्षका लागी तिलक केसीले पनि उम्मेदवारी घोषणा गरेका छन् । अमेरिकाको विस्कन्सनमा बसेर व्यवसायमा संलग्न केसीले भच्र्युल मार्फत आफनो उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन ।
उनले एनआरएनए अमेरिकामा सबैको पहु“च पुराउने अभियान सहित अध्यक्षको दाबेदारीमा उर्तिएका छन् । उनले पछिल्लो समय एनआरएनएमा बढदै गएको सिन्डिकेटलाई तोडनुपर्ने अभियान सहित अगाडी बढेका छन् ।
उनले अबको चुनावबाट एक डिभाइस एक भोट, फेस रिडिङ सिस्टम तथा चुनावी प्रकृया देखि घोषणा सम्म प्रत्येक अध्यक्षका उम्मेदवारहरुका प्रतिनिधीको रोहबरमा हुनु माग सहित उम्मेदवारी दिएका छन् ।
वर्तनमान अमेरिकाको एनआरएनए बोड अफ डाइरेक्टर रहेका केसी नेपालमा रहदा प्राध्यापन पेशामा संलग्न थिए । उनी त्रिभुवन विश्वविद्यालयको स्ववियु सचिवको रुपमा पनि यस अघि भुमिका निर्वाह गरिसकेका छन् । उनले अमेरिकामा रहेर पनि विभिन्न सामाजिक गतिविधीमा आफनो सक्रियता देखाउदै आएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected