अमेरिका– क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाली उबर चालक माथि दुव्यवहार तथा पेपेर स्प्रे छर्ने तीन महिलाको प्रहरीले खोजी थालेको छ ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको र आरोपित तीन महिलाको व्यापक खोजी भइरहेको जनाएको हो ।
नेपाली उबर चालक ३२ वर्षिय शुभाकर खडका माथि ती महिलाले दुव्यर्वहार    गरेका थिए । उनीहरुले दुर्वहार  गरेको भिडियो अमेरकाका मिडियाहरुमा भाइरल समेत बनेको थियो । भिडियोमा महिलाहरुले उबर चालक खडकाको अनुहारमा पुगेर खोक्ने, फोन खोस्ने तथा पेपेर स्प्रे छर्केर अपशब्द प्रयोग गरेका थिए । खडकाले सान ब्रुना एभिन्यु तथा फेल्टन स्ट्रीटमा ति महिलालाई लाने क्रममा उनी  माथीदुव्यर्वहार भएकाे  थियो ।
खडकाले आफु एशियन मुलको भएका कारण आफु माथि यस्तो अभद्र व्यवहार तथा अपशब्द बोलेको बताएका छन् । मेरो ठाउँमा अरु कोही भएको भए यस्तो व्यवहार हुदैनथ्यो उनले भने– ‘आप्रवासी भएको देखेपछि उनीहरुले ममाथि यस्तो अभद्र व्यवहार गरे ।’

उबर चढन आएका तीन महिला मध्ये एक जनाले मास्क लगाएकी थिइनन । । मास्कन लगाउन खडकाले आग्रह गरेपछि ति महिलाले दुव्यर्वहार गर्न सुरु गरेकी थिइन । ति महिलाले भिडियोमा हातपात गरको पनि देखिन्छ ।
उबरले पनि चालक माथि भएको यो हमला निन्दनिय र कठोर भएको बयान दिएको छ । दुव्यर्वहार गर्ने यात्रुको उबर अकाउन्ट पनि खारेज गरिदिएको छ ।
खडका काठमान्डौ ललितपुरका स्थायी बासिन्दा हुन । उनी झण्डै आठ वर्ष अघि अमेरिका आर्एका हुन ।
अमेरिकामा गत जनवरी देखि एशियन अमेरिकन मुलका तथा आप्रवासी माथि आक्रमण , दुव्यर्वहार र लुटपाट बढेको छ।

तस्वीर एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected